अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

केटीले नै मन्जुर नगरेपछि बालविवाह रोकियो

बिआरटीनेपाल २०७५ वैशाख ३० गते २१:३१ मा प्रकाशित

महोत्तरी, महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ । जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै विवाह मन्जुर नगरेपछि प्रहरीको सहयोगमा सो विवाह रोकिएको हो ।

जलेश्वर नगरपालिका–९ परिकौलीका २७ वर्षीय गणेश चौधरी कलवारको महोत्तरी गाउँपालिका–४ की १७ वर्षीया रागनीकुमारी चौधरीसँग हुन लागेको सो बालविवाह रोकिएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार दुलही रागिनीले नै सो विवाह अस्वीकार गरेको सूचना प्राप्त भएपछि तत्काल प्रहरीको टोलीले सो विवाह रोकेको हो ।

उक्त बालविवाह रोका गरी दुलाहा र दुलहीलाई अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक कुवेरसिंह कडायतले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू