अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 13:28

राष्ट्रपति भण्डारीले स्वच्छ र पारदर्शी व्यवसायको निम्ति निजी क्षेत्रलाई आह्वान

बिआरटीनेपाल २०७५ वैशाख २३ गते ९:२७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र पारदर्शी व्यवसायको निम्ति निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा आइतबार राष्ट्रपति भवन शितालनिवासमा गएको चेम्वरको प्र्रतिनिधिमण्डलसँंग उहाँले त्यसका लागि सबैले आआफनो क्षेत्रबाट इमान्दारिता र पारदर्शिता निर्वाह गर्नुपर्ने बताउनुभयो ।

हरेक क्षेत्रमा सञ्चालन गरिएका व्यापार व्यवसायहरूमा पारदर्शिता र स्वच्छताका आवश्यकता रहेको उहाँंले औँल्याउनुभयो । तत्काल आयात गर्नैपर्ने वस्तुहरूको आयातको विकल्प नहोला तर हरेक दिन चुल्होमा पाक्ने सामान्य चिजहरू पनि आयात नै गरिरहने हो भने समृद्धिको सपना अधुरै रहने सम्भावनातर्फ उहाँले सचेत रहन आग्रह गर्नुभयो ।

परिवारको आर्थिक समस्या समाधान गर्ने एउटा उद्देश्य राखेर विदेश पलायन हुँंदा त्यसले कैयौँ समस्या खडा गरेकोले यो समस्या हल नगरिकन व्यापार व्यवसाय अघि नबढ्ने उहाँंको विचार थियो । त्यस कारण यसको अन्त्य गर्न निजी क्षेत्र र सरकारसँगै मिलेर अघि बढ्नुपर्ने उहाँंले बताउनुभयो । नेपालको व्यापार व्यवसायको वृद्धि गर्न निजी ब्यबसायसँंग आबद्ध यहाँहरूले “नीति विज्ञ”को रूपमा भूमिका निर्वाह गरी सरकारलाई उचित सुझाव दिन जरुरी रहेको उहाँंले बताउनुभयो ।

त्यसअघि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चेम्बर अफ कमर्शसँंग आबद्ध देशैभरिका निजी ब्यबसायीहरुकोतर्फबाट राष्ट्रपतिको दोस्रो कार्यकाल गौरबमय रूपमा सफल रहोस् भनी शुभकामना व्यक्त गर्नुभएको थियो । साथै उहाँले धेरै वर्षपछि नेपालमा स्थिर सरकार निर्माण भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार व्यवसायमा वर्तमान सरकार सम्बेदनशील देखिएकोले आशाका किरण देखापरेको कुरा उल्लेख गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका कार्य समितिकोतर्फबाट आफ्ना सुझाव राख्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो, “नेपालमा बलियो सरकार निर्माण भएपछिको देशको समृद्धिको सपना पुरा गर्ने आधार भनेको अब निर्यात प्रबर्द्धन र विदेशी लगानी भित्राउने आर्थिक कूटनीति नै हो । यसमा निजी क्षेत्र, सरकार र अन्य साझेदारहरू नजिकको सहकार्यमा रहेर काम गर्न जरुरी छ ।’

विशेष गरीकन भारतसँंगको व्यापार घाटा कम गर्न र चीनसँगको व्यापार प्रबर्दन गर्न देशले आर्थिक कूटनीतिको नमुना तयार गरेर अघि बढ्न सके फलदायी हुने उहाँंको भनाई थियो । निजी व्यवसायले देशको बेरोजगारी समस्या समाधान गर्न अहम् भूमिका पनि खेल्न सक्नुपर्नेमा उहाँंले जोड दिनुभयो । यसो भएमा देशको समृद्धिको सपना पुरा हुने दिशामा अघि बढ्ने उहाँंले विश्वास लिनुभयो ।
प्रतिनिधिमण्डलमा चेम्वरका पूर्व अध्यक्ष सुरेश कुमार बस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरू कमलेश कुमार अग्रवाल, दीपक कुमार मलहोत्रा, इच्छाराज तामाङलगायतका पदाधिकारी तथा कार्य समितिका सदीस्यहरु सहभागी रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू