अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

पत्रकार शिव बन्जारालाई पुरस्कृत गरिने

बिआरटीनेपाल २०७५ वैशाख २३ गते ९:२३ मा प्रकाशित

शब्दयात्रा प्रकाशनले २०७५ सालको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ काभ्रे जिल्लाका कर्मशील पत्रकार शिव बन्जारालाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारमा प्रमाणपत्र, नगद १० हजार रुपियाँ र उपहार प्रदान गरिनेछ ।

शब्दयात्रा प्रकाशनको साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ का लागि नियमित रूपमा कुशलतापूर्वक उहाँले गर्नुभएको कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै उहाँलाई पुरस्कृत गर्न लागिएको हो । उहाँ रेडियो एबीसीसँग आबद्ध हुनुहुन्छ ।

आगामी वैशाख २८ गते शुक्रवार शब्दयात्रा प्रकाशनको सभाकक्ष नीलकण्ठेश्वर बनेपामा विशेष कार्यक्रमको आयोजना गरी उहाँलाई पुरस्कार प्रदान गरिने भएको छ ।  शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ २०७४ सालदेखि प्रदान गर्न थालेको हो । गत वर्ष यो पुरस्कारबाट पदमनाथ ढुङ्गाना पुरस्कृत हुनुभएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू