अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५ | Colorodo: 17:00

वीर विश्वासको रहेको “आकाशैमा तिन तारा सार्वजनिक

आर जे प्रनप, काठमाडौँ २०७५ वैशाख २३ गते ९:१६ मा प्रकाशित

नेपाली सङ्गीतको आकाशमा वीर विश्वासको आफ्नै शब्द सङ्गीत तथा आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । हाल युवा पुस्तामाझ निकै लोकप्रिय रहेका गायक वीर विश्वासको स्वरमा रहेको “आकाशैमा तिन तारा , सार्वजनिक भएको छ । सार्वजनिक क्लब गीतमा विक्रम चौहान , टिका जैसी , क्रीपा पौडेल र वीर विश्वासको अभिनय रहेको छ । गीतमा विक्रम चौहान कै कोरियोग्राफी रहेको छ । ओम सुनारको एरेन्ज रहेको गीत “आकाशैमा तिन तारा , लाई नयाँ तरिकाले प्रेजेन्टेसन दिन खोजिएको भिडियो निकै राम्रो पनि बनेको देखिएको छ । प्रकाश खड्काको सिनेमाटोग्राफी रहेको गीतलाई मिलन विक ले सम्पादन गरेका छन् ।

नेपाली सङ्गीतमा विगत ५ वर्ष देखि संगीतक्रममा लाग्दै आएका वीरले यस पछि आफ्नै शब्द सङ्गीतमा गायक प्रमोद खरेलको आवाजमा “जलाएर गयोउ मुटु लाई …..”बोलको गीत र गीतको भिडियो सार्वजनिक गर्ने बताए । भारतको गुजरातमा बस्दै आएका वीर सङ्गीतका विद्यार्थी पनि हुन् । उनले आफ्नो कर्म सँगै गीत र सङ्गीतलाई पनि साथ साथै लाँदै आएका छन् । उनले भारतका विभिन्न काय्रक्रमहरुमा नेपाली कलाकारहरूलाई प्रस्तुतिको लागी पनि लैजाने गरेका छन् । नेपाली कलाकारिता र सङ्गीतलाई माया गर्ने वीर को गीतले सफलता हात पार्नेमा उनी बिस्वोस्त रहेका छन् ।

भिडियो हेर्न लिङ्कमा क्लिक गर्नुहोला :