अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

गायक टङ्क बुढाथोकी को नयाँ गीत “अल्लारे जोबनामा” सार्वजनिक

आर जे प्रनप, काठमाडौँ २०७५ वैशाख १२ गते १०:५७ मा प्रकाशित

गायक टङ्क बुढाथोकीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘अल्लारे जोबन’ बोलको आधुनिक गीतमा टङ्कसँग अन्जु पन्तको स्वर छ । उत्तम भण्डारीको शब्द, सङ्गीतमा तयार भएको गीतमा एरेन्ज तथा मिक्सिङको काम पनि टङ्कले नै गरेका छन् । गीत ‘स्टुडियो नाइन्’ मा तयार गरिएको हो । गीतको भिडियोमा कोरियोग्राफर तथा मोडल गम्भीर विष्ट र रोहनी लामाको नृत्य देख्न सकिन्छ । भिडियो गम्भीरले नै निर्देशन गरेका हुन् ।

गायक टङ्कले यसअघिका गीतजस्तै यो गीतमा पनि केही फरक पन दिनेप्रयास गरेको बताए । ‘डान्सिङ गीत मन पराउने दर्शकका लागी यो गीत विशेष हुनसक्छ’, टङ्कले भने । यस्तै उनले सबैबर्गका दर्शकले गीत मन पराउनेमा विश्वस्त रहेको बताउँछन् । भिडियो ललितपुरको गोदावरीमा सुवोल थापाले खिचेका हुन् भने नवीन निरौलाले सम्पादन गरेका हुन् । 

गायक टङ्क पछिल्लो समय झापाका १२ वर्षीय एक प्रतिभाशाली गरिब बालक अशोक दर्जीलाई गीत रेकर्ड गराएसँगै प्रशंसाको पात्र बनेका छन् । उनले झापाकै डिजे रुपकको सहयोगमा दर्जीलाई काठमाडौँ ल्याएर आफ्नो स्टुडियो ‘स्टुडियो नाइन्’मा ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत रेकर्ड गराएका थिए । उनका अनुसार यसैसाता एककार्यक्रमका बिच उक्त गीत सार्वजनिक गरिने छ ।

प्रतिक्रिया