अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 16:05

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुमध्ये दोस्रो ठूलो बैंक बन्यो

बिआरटीनेपाल २०७५ वैशाख २० गते ३:३८ मा प्रकाशित

काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुमध्ये दोस्रो ठुलो बैङ्क बनेको छ । एनआइडीसी बैङ्कलाई राष्ट्रिय वाणिज्य बैङ्कमा विलय गराएसँगै राष्ट्रिय वाणिज्य बैकको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ पुगेको छ । सरकारले एनआइडीसी बैङ्कलाई राष्ट्रिय वाणिज्य बैङ्कसँग मिलाउने सम्बन्धमा लामो गृहकार्य गरेको भए पनि गत वर्ष मन्त्रिपरिषद् बैठकबाट सो निर्णय भएपछि मर्जरको प्रक्रिया अघि बढेको हो । मर्जरपश्चात् बुधवारदेखि संयुक्त कारोबार सुरु भएको छ ।

चुक्ता पुँजीको हिसाबले सबैभन्दा ठुलो बैङ्क नेपाल इन्भेष्टमेन्ट बैङ्क हो । एस डेभलपमेन्ट बैङ्कलाई मर्ज गराएपछि  र बोनस शेयर वितरण पछि नेपाल इन्भेष्टमेन्ट बैङ्कको चुक्ता पुँजी १० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्टको निक्षेप १३० अर्ब र ऋण लगानी १०१ अर्ब रुपैयाँ रहेको छ भने राष्ट्रिय वाणिज्य बैङ्कको निक्षेप १५३ अर्ब रुपैयाँ र ऋण लगानी १०१ अर्ब रुपैयाँ रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू