अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३३ | Colorodo: 21:48

एकल साँझमा लोकदोहोेरी गायक थकाली

बिआरटीनेपाल २०७५ वैशाख १६ गते १२:११ मा प्रकाशित

पोखरा, पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक वसन्त थकाली वसन्त रुविना फाउण्डेशनको आयोजनामा शनिवार पहिलो पटक एकल साँझमा झुल्किनुभएको छ । 

रत्न रेकर्डिङ संस्थानबाट प्रथम पटक रेकर्ड गरिएको गीत ‘घर त घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ भन्ने गीतबाट साङ्गीतिक यात्रामा आफूलाई अगाडि बढाउनुभएका थकालीले एकल साँझमा उक्त गीतसँगै ‘जोमसोममाथिको ठिनी गाउँ’, ‘गाउँघरको झिल्के मत’, ‘बाँचुन्जेल जे छ हजुर’, ‘झल्को उही दिनको’, ‘मेरो देश नेपाल’ लगायत १३ वटा गीत गाउनुभयो ।

एकल साँझमा उभिइरहँदा पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा ५०० जनाको हाराहारीमा दर्शक एवं श्रोताले उहाँलाई साथ दिएका थिए ।

कार्यक्रमबाट संकलित रकमले फाउण्डेशनमार्फत सङ्गीत एकेडेमी सञ्चालन गरी यस क्षेत्रमा रुचि भएर पनि आर्थिक अभावका कारण अवसरबाट वञ्चित असहाय बालबालिकालाई सहयोग गरिने लक्ष्य लिइएको छ । 

पोखराको चर्चित सहारा क्लबका संस्थापक अध्यक्ष रहनुभएका थकाली खेल विधाका साथै विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशील हुनुहुन्छ ।

प्रतिक्रिया