अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४ | Colorodo: 20:59

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक: मन्त्री अधिकारी

बिआरटीनेपाल २०७५ वैशाख १२ गते ११:०४ मा प्रकाशित

काठमाडौँ, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले जातीय र पार्टीगत रूपमा नभई सबैलाई विपत् आइपर्ने हुनाले पुनः निर्माणका लागि सबैले साझा मत लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिकाले २०७२ सालको महाभूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा आज यहाँ आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा मन्त्री अधिकारीले विपत् पछिको पुनः निर्माण सबैको दायित्व रहेको बताउनुभएको हो ।

काठमाडौँका सांस्कृतिक सम्पदालाई सम्पदाको रूपमा मात्र नभई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्नेमा पनि उहाँको जोड रहेको थियो । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय बासिन्दाको अगुवाई र कामपाको सहयोगमा आगामी जेठ १५ देखि काष्ठमण्ठपको पुनः निर्माण सुरु गर्ने जानकारी दिनुभयो । कामपाको उपप्रमुख हरिप्रभा खड्की (श्रेष्ठ)ले विपतमा जहिले पनि महिला र बालबालिका बढी प्रभावित हुने हुँदा तीनलाई मध्यनजर गर्दै काम गर्नुपर्ने बताउनुभयो ।

पूर्वरक्षा मन्त्री भीमसेनदास प्रधानले काठमाडौँको बढ्दो शहरीकरणका कारण पनि विपद्को समयमा बढी जनधनको क्षति व्यहोर्नुपरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले भवन निर्माण संहितालाई पूर्ण रूपमा कार्यान्वयन गर्दै सबै सार्वजनिक खुल्ला स्थानको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा २०७२ सालको गोरखा भूकम्पमा परी ज्यान गुमाउनको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू