अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 19:40

दोस्रो नर्थ क्यारोलिना नेपाल परेड दिवस सफलतापूर्वक सम्पन्न

सुवास ढकाल, नर्थ क्यारोलिना २०७५ वैशाख ९ गते ११:५७ मा प्रकाशित

यो नेपाली शिर उचाली संसारमा लम्कन्छ दोस्रो नेपाल दिवस आत्यधिक सफलताका साथ सु-सम्पन्न भएको छ ।अमेरिकाका नर्थ क्यारोलाइना राज्यमा नेपालीमुलका मानिसहरूको स्वतस्फुर्तरुपमा उल्लेखनीय उपस्थितिका साथ मिति अप्रिल २१, २०१८ का दिन नेपाल दिवस भव्य कार्यक्रमहरूका साथ सम्पन्न भएको छ । कार्यक्रमको आयोजना नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन सी एन ले गरेको हो । 

कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेकोमा हामी सबै सहभागीहरूमा मुरी मुरी धन्यवाद छ । हामी सबैको अथक परिश्रमको परिणाम हो आज हामी इतिहास रच्न सफल भएका छौँ । यो कार्यक्रम अब निरन्तर चलिरहन्छ, आउँदा वर्षहरूमा आयोजक फेरियेलान, प्रस्तुति फेरियेलान, स्वरूप परिवर्तन होला तर भावना झन् झन् गहिरो हुँदै जाने छ, सहभागिता झन् झन् बढ्दै जाने छ | किनभने, यो त स्वतस्फुर्त रूपमा जागृत भावाना हो, आत्मियता हो, सम्मान हो अनि पहिचान हो । 

कार्यक्रमको पहिलो चरणमा विभिन्न झाँकीहरु सहितको परेड थियो, दोस्रो चरणमा कार्यक्रम सञ्चालक, अमेरिकाका लागि नेपाली राजदूत, नर्थ क्यारोलाइना राज्य एवं मोरिस्विल सहरका प्रतिनिधिहरू तथा अन्य समाजसेवीहरूको मन्तव्यको कार्यक्रम थियो एवं अन्तिम चरणमा सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति थियो । नेपाल सेन्टर अफ नर्थ क्यरोलाइनाका अध्यक्ष्य डा. बाटु शर्मा एवं उपाध्यक्ष्य रबिन्द्र कार्कीले आफ्नो मन्तव्यमा कार्यक्रम सबैको अथक प्रयास एवं परिश्रमका कारण सफल भएको कुरा राख्नु भएको थियो । कार्यक्रमको संचालान संस्थाका सचिव विक्रम गौतम, नेपाली स्कुलका संचालिका सुजाता ढुङ्गेल एवं संस्थाका सदस्य जितमानबस्नेतले गर्नु भएको थियो । 

“यो नेपाली शिर उचाली संसारमा लम्कन्छ” यो गीत घन्काउदै सात समुन्द्रपारीको भूमिमा गर्वसाथ नेपाल बोकेर हिडीरहेकाहरु देख्दा लाग्यो – हामी विदेशिएका होइनौ विश्वव्यापी भएका हौ । इनेपालीजबाट 

फोटो: सुमन वस्ती

 

प्रतिक्रिया