अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

साढे १३ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैङ्क, सोमवार बोलकबोल

बिआरटीनेपाल २०७५ वैशाख ९ गते ७:१५ मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल मार्फत विक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैङ्क अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण उठाउन उक्त रकम बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको हो ।

उक्त ट्रेजरी बिलका लागि सोमवार दिउँसो ३ बजेसम्म बोलकबोलका लागि समय छुट्याइएको र मङ्गलवार जारी गरिने राष्ट्र बैङ्कले जानकारी दिएको छ । बैङ्कले २८ दिने अवधिको ३ अर्ब रुपैयाँ बराबरको विक्री ट्रेजरी बिल आगामी जेठ ८ गते परिपक्व गर्नेछ । यस्तै ५ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल आगामी साउन ८ गते र ५ अर्ब रुपैयाँ बराबरको १ सय ८२ दिने ट्रेजरी बिल कात्तिक ६ गते परिपक्व हुने बैङ्कले बताएको छ ।

कुल प्रस्ताव रकममध्ये १५ प्रतिशत गैर प्रतिस्पर्धी बोलीदाताको लागि हुने राष्ट्र बैङ्कले जानकारी दिएकोे छ । यसअघि वैशाख १ गते राष्ट्र बैङ्कले ५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरेको थियो । जसमा १० अर्ब ५६ करोड रुपैयाँको बोलकबोल परेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू