अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 16:24

बिग बोसमा सलमानका साथ कट्रिना

बिआरटीनेपाल २०७५ वैशाख ८ गते १९:०६ मा प्रकाशित

चौंथो सिजनबाट ‘बिग बोस’ को होस्ट गर्दै आएका बलिउड अभिनेता सलमान खानको होस्ट गर्ने शैली  १२ अाैं संस्करणसम्म आइपुग्दा दर्शकमाझ स्थापित भइसकेको छ । बिचमा एक पटक सलमानलाई सञ्जय दत्तले साथ दिएका थिए भने यो पटक पनि सम्भवतः सलमान एक्ला हुने छैनन् । उनीसँग एक महिला होस्ट पनि हुन सक्छिन् ।

यस्तोमा टेलिभिजनले होस्टिङमा पनि सलमानको जोडी बाँधिदिने तयारी गरेको हो । यसका लागि विभिन्न नायिकाहरूको चर्चा भए पनि कट्रिना कैफको नाम लगभग फाइनल भएको बलिउड मिडियाले बताएका छन् ।

उनी सलमानकै पूर्वप्रेमिका हुन् । ‘बिग बोस १२’ को अडिसन सुरु भइसकेको छ । यो संस्करण जोडीको अवधारणामा निर्माण गरिने बताइएको छ । यसको मतलब बिग बोस सहभागीहरू वास्तविक जीवनका जोडीहरू हुनेछन् । 

प्रतिक्रिया