अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१९ | Colorodo: 09:34

कारागारबाट निस्केका कैदी सोझै अख्तियारमा

बिआरटीनेपाल २०७५ वैशाख ६ गते १९:४४ मा प्रकाशित

झुम्का कारागारमा अनियमितता हुने गरेको भन्दै त्यसविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार कारागार सजाय भुक्तान गरी निस्केका केही कैदीबन्दीले अनियमितताका विषयमा अख्तियारमा उजुरी हालेका हुन् ।

कारागारमा विकास निर्माण भन्दै कैदीबन्दीबाट उठाइएको पैसा दुरुपयोग भएको उजुरीकर्ताको गुनासो छ । चौकीदार र कारागार प्रशासनका अधिकारी भएर अनियमितता गरेको उजुरीमा उल्लेख छ । कैदीबन्दीले पाउने गरेको सिजनेवल भक्ता चौकीदारले अनियमितता गरेको जनाइएको छ ।

कारागार जीवन भुक्तान गरेर आएका विकेश चौधरी र दामोदर कार्कीले यस्तो आरोप लगाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू