अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

नृत्य प्रतियोगिताको उपाधि तामाङलाई, मिर्गौला पीडितलाई रु ८० हजार

बिआरटीनेपाल २०७५ वैशाख ६ गते ९:०७ मा प्रकाशित

भक्तपुर, भक्तपुरको सल्लाघारीमा सम्पन्न चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा आयोजना भएको उपत्यकाव्यापी खुल्ला नृत्य प्रतियोगिताको उपाधि सुशील तामाङले हात पारेका छन् ।

उनन्तीसजना प्रतिस्पर्धीलाई पछाडि पार्दै तामाङले रु २५ हजार, ट्रफी र प्रमाणपत्रसहितको सो उपाधि हात पारेका हुन् ।

प्रतियोगितामा अस्मिता पराजुली दोस्रो र रोजी लामा तेस्रो भएको मेलाका प्रेस संयोजक सोम शर्मा बजगाईंले जानकारी दिनुभयो । प्रतियोगितामा दोस्रो हुने पराजुलीलाई रु १५ हजार, तथा तेस्रो हुने लामालाई रु १० हजार सहितको ट्रफी र प्रमाणपत्रसहितको पुरस्कार प्रदान गरिएको छ । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले विजयी प्रतियोगीलाई सो पुरस्कार प्रदान गर्नुभयो ।

त्यस्तै मेलामा आउने उपभोक्ताबाट सङ्कलन गरिएको रु ८० हजार दुवै मिर्र्गौला काम नलाग्ने भई डायलोसिस गराइरहेका कुमार तामाङको उपचारका लागि सहयोग स्वरूप प्रदान गरिएको छ ।

मेला आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महत, संयोजक दीपक थापा, सुनिल महर्जनले उक्त रकम मिर्गौला उपचारका लागि पीडित तामाङका छोरा सोनाम तामाङलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया