अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५४ | Colorodo: 12:09

अमेरिकाको सान फ्रान्सिस्कोमा बहुमुखी कार्यशाला गोष्ठी हुने

मणी नेपाली, सान फ्रास्सिस्को २०७५ वैशाख ६ गते ८:५७ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् अमेरिकाको हेल्प डेस्क पहिलो पटक क्यालिफोर्नियामा आफ्नो सार्वजनिक उपस्थिति जनाउने भएको छ। यस अघि अमेरिकाका विभिन्न राज्यहरूमा राम्रो प्रभाव पारिरहेको बहु चर्चित परियोजना क्यालिफोर्नियामा लैजान लागिएको हो।

आगामी अप्रिल २१ तारिखका दिन हेल्प यन्ड सेल्फ हेल्प विषयक एक अभिरुचि पूर्ण र उपयोगी कार्यशाला गोष्ठी हुन गइरहेको हेल्प डेस्क उत्तर क्यालिफोर्निया संयोजक तथा एनआरएन क्यालिफोर्निया च्याप्टरका तुलसी चौलागाईंले बताए। सो कार्यक्रम एनआरएन क्यालिफोर्निया च्याप्टर तथा हेल्प डेस्कको संयुक्त आयोजनामा हुन गइरहेको र सो को सम्पूर्ण तयारी पूरा भइसकेको एनआरएन क्यालिफोर्निया च्याप्टरका सचिव रोशन अधिकारीले स्पष्ट पारेका छन्। 

उक्त अवसरमा कानुन, घर खरिद तथा ट्याक्स भर्ने विषयमा आफू कसरी बढी फाइदामा रहन सकिन्छ भन्नेबारे विज्ञहरूबाट प्रस्तुति हुने छ। सो कार्यक्रममा दक्षिण क्यालिफोर्नियाबाट समेत हेल्प डेस्क केन्द्रीय सभापति तथा अ एन आर एन एन सी सी यु एस् कि उपाधक्ष उमा कार्की थापा, एन आर एन क्यालिफोर्निया च्याप्टर अध्यक्ष राम बाबु पाण्डे लगायत महत्त्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति हुने छ।

सान फ्रान्सिस्को स्थित अर्बान करी रेस्टुराँमा सम्पन्न हुने सो कार्यक्रममा इमीग्रेशन अटोर्नी यज्ञ नेपाल, सी पी ए श्याम श्रेष्ठ तथा टङ्क रायक्षेत्री, रियल्टर सुरज पाख्रिन तथा नवीन (बेन) अधिकारीको प्रस्तुति हुने र प्रस्तुति पछि प्रश्नोत्तर सेसन सञ्चालन हुने आयोजकले जनाएको छ। सो कार्यक्रम जनमुखी र उपयोगी हुने हुनाले उल्लेख्य उपस्थिति हुने अपेक्षा गर्दै आयोजकले सम्पूर्ण सङ्घ संस्थाका प्रतिनिधि लगायत, विद्यार्थी, युवा, पत्रकार, बुद्धिजीवी, व्यापारी लगायत सम्पूर्णलाई उपस्थितिको लागि सादर अनुरोध गरेको छ। कार्यक्रम अप्रिल २१ तारिखका दिन साँझ ५ बजे युर्बन करी रेस्टुरेन्टमा हुनेछ।


Date: April 21, 2018
Time: 5:00 PM
Venue: Urban Curry Restaurant
523 Broadway, San Francisco, CA 94133

प्रतिक्रिया