अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने

एजेन्सी २०७५ वैशाख ३ गते २०:४४ मा प्रकाशित

आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ । लामो समयदेखि स्थापित मान्यतालाई गत शुक्रवार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले त्रुटिपूर्ण रहेको दाबी गरेको हो । माछाको तेलबाट बनाइने ओमेगा–३ नामक औषधी वर्धक पदार्थ आँखाका लागि प्रभावकारी काम गर्न नसकेको विभिन्न परीक्षणहरूबाट पुष्टि भएको अध्ययनकर्ताहरूले बताएका छन् ।

झन्डै ५३५ जनामा गरिएको परीक्षणको नतिजाका आधारमा तयार पारिएको प्रतिवेदन न्यु इङ्ग्ल्याण्ड जर्नल या मेडिसिनमा प्रकाशित भएको छ । अमेरिकाका झन्डै एक करोड साढी लाख मानिसमा आँखा सुख्खा भएर आँखाको दृष्टिमा कमी आउने लगायतका समस्याहरू देखिने गरेको छ । विज्ञहरूले अनुमान गरेअनुसार अमेरिकामा सुख्खा आँखा सम्बन्धी समस्याका कारण प्रतिबर्ष ५५ विलियन डलर खर्च हुनेगरेको छ । अध्ययनमा संलग्नहरूको आँखाको अवस्थामा सुधार आएको छ कि छैन भनेर झन्डै छ महिना परीक्षण गरेर गरिएको अध्ययनबाट अनपेक्षित नतिजा आएको उनीहरूको भनाई छ ।

परीक्षणमा संलग्नहरूको आँखामा आएको सुधार अस्वस्थकारी भएको उनीहरूको निष्कर्ष रहेको छ । माछाको तेलका कारण झन्डै दश प्रतिशत मात्रै उपलब्धि भएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । “ओमेगा –३ ले कुनै फाइदाजनक प्रभाव पार्दो रहेनछ भन्ने देखिएपछि हामी चकित भयौँ,” अध्ययनप्रतिवेदनका सहलेखक तथा पेन्सील्भानीया विश्वविद्यालयका सहायक प्राध्यापक भाटिनी बुन्याले भन्नुभयो । यो अध्ययनले आँखाको उपचारको उपायका बारेमा आँखा सम्बन्धी स्वास्थ्यकर्मीहरूले पुनःविचार गर्नुपर्ने सन्देश दिएको उहाँको भनाई छ । 

सम्बन्धित सामग्रीहरू