अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

ट्रम्पले भनेः ‘आप्रवासी सम्बन्धी कानूनमा सहमति नभए सरकार बन्दको पक्षमा उभिने छु’

एजेन्सी २०७४ माघ २३ गते २३:४० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिमेक्रयाटहरु आप्रवासीसम्बन्धी कानून कडा पार्न सहमत नभए आपूm सरकार बन्दको पक्षमा उभिने बताएका छन् । क्यापिटोल हिलमा भइरहको वार्ता कमजोर बनाउने गरी उनले मंगलबार त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘हामी परिवर्तन चहाँदैनौं भने बन्द गरौं,’ उनले आप्रवासी कानूनका सम्बन्धमा भने । ‘हामी बन्द गरौं र त्यो हाम्रो देशका लागि उपयुक्त हुनेछ,’ उनले भने, ‘म यो मुद्धा हल नभएको हेर्नुभन्दा सरकार बन्द भएको हेर्न मन पराउँछु ।’

उनले डिमक्रटले सुरक्षा नचाहने, सेनाको भलो नचाहने हो भने सरकार बन्द हुने बताए । बजेट पारित नभएपछि खर्च अभावमा सरकार बिहीबारदेखि बन्द हुनेछ । त्यसलाई रोक्न बिहिबार अघि डिमक्रट र रिपब्लिकनबीच आप्रवासी कानूनमा समझदारी हुनुपर्छ ।

राष्ट्रपति ट्रम्पको यो अभिव्यक्तिले असहमतिका लागि डिमक्रटलाई उक्साउने छ । डिमक्रटसँग सहमतिका लागि काम गरिरहेका एक वरिष्ठ रिपब्लिकनले सीएनएनलाई ट्रम्पको अभिव्यक्तिबारे टेक्स्ट म्यासेज गरेर भनेका छन्, ‘स्वास रोकियो ।’

डिमक्रट र रिपब्लिकनबीच डिफर्ड एक्सन फर चाइल्हुड अराइभल (डाका) प्रोग्राममा असहमति छ । डिमक्रट डाकालाई सम्झौताको बस्तु बनाउँन चहाँदैनन् । ट्रम्प भने डाकालाई लम्ब्याउन हाउसमा छलफलका लागि पु¥याउन मेक्सिको र अमेरिकी सीमामा पर्खाल बनाउने बजेट स्वीकृत गराउन चहान्छन् ।

उनले डाका प्रोग्राम यसअघि नै खारेज गरिसकेका छन् । त्यसबाट अवैध रुपमा बच्चामै अमेरिका छिरेका करिब ७ लाख मानिसको भविइ अन्यौल छ ।

सम्बन्धित सामग्रीहरू