अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

अमेरिकाको भर्जिनिया शहरमा कार दुर्घटनामा परि नेपाली युवाको निधन

बिआरटीनेपाल २०७४ चैत २७ गते १७:२० मा प्रकाशित

भर्जिनिया, अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परि एक नेपाली युवा २६ वर्षीय राघव रिजालको निधन भएको छ । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डी.सी. मेट्रो कमिटीका सदस्य एवम् कवि दुर्गा रिजालका कान्छा सुपुत्र हुन ।

उनको पार्थिब शरीरलाई अस्पतालमा राखिएको छ ।स्थानिय प्रहरीले कानुनी प्रक्रिया पुरा गरिसकेपछी दाह संस्कारका बारेमा निर्णय गरिने पारिवारिक श्रोतबाट थाहा लागेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डी.सी. मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल र महासचिव भुप नारायण घर्तिमगरले एक शोक विज्ञप्ति प्रकाशित गर्दै राघबको दुर्घटनामा निधन भएको खबरले आफूहरू स्तब्ध भएको बताएका छन । 

दु:खद घटनामा निधन भएका राघब प्रति हार्दिक श्रध्दान्जली ।

प्रतिक्रिया