अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

५ लाख घुससहित उपसचिव अधिकारी पक्राउ

बिआरटीनेपाल २०७४ चैत २६ गते २२:२४ मा प्रकाशित

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकामा कार्यरत उपसचिव लीला अधिकारी ५ लाख रुपैयाँ घुससहित पक्राउ परेकी छिन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई सोमबार साँझ पक्राउ गरेको हो।

ठेक्को रकम भुक्तानी लगायतका विषयमा उनले ठेकदारसँग घुस लिएकी थिइन्। कार्यकारी अधिकारी रहेकी अधिकारीसहित इन्जिनियर बिजेन्द्र श्रेष्ठलाई आयोगको टोलीले पक्राउ गरेको हो। प्रहरी एकेडेमी अगाडि गाडीमै घुस लिँदै गर्दा उनीहरू पक्राउ परेका हुन्  भन्ने समाचार समाचारपत्रमा छापिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू