अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

बाल यौन दुराचारको आरोपमा क्यानाडेली नागरिक पक्राउ

बिआरटीनेपाल २०७४ चैत २५ गते १९:२४ मा प्रकाशित

काठमाडौँ,  प्रहरीले गरिब तथा विपन्न बालबालिकालाई पढाइदिने प्रलोभन देखाउँदै लामो समयदेखि बाल यौन दुराचार गर्दै आएको आरोपमा ६० वर्षीय क्यानाडेली नागरिक पिटर जोन डालगिल्सलाई पक्राउ गरेको छ ।

काभ्रेको मन्डनदेउपुर नगरपालिका १ मा करिब १४ रोपनी जग्गामा विलासी भिल्ला बनाएर बाल यौन दुराचार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले डालगिल्सलाई पक्राउ गरेको हो ।

दुई वर्षदेखि पटकपटक नेपाल आउने गरेका उनले हिमालयन कम्युनिटी फाउन्डेसन नामक संस्था खोली विपन्न तथा गरिब वर्गका बालबालिका पढाइदिने गरेको खुलेको छ ।

प्रहरी अनुसन्धानमा १५ जनाभन्दा बढी बालकलाई बालयौन दुराचारमा लगाएको खुलेको छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू