अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

न्युयोर्कको जेएफके एयरपोर्टमा डेढ लाख डलर सहित एक पक्राउ

बिआरटीनेपाल २०७४ चैत २५ गते १०:३९ मा प्रकाशित

धेरै जसो अमेरिकी लुटिने जोखिमका कारण खल्तीमा केही हजार डलर पनि बोक्दैनन् । तर, जोन एफ केनडी एअरपोर्टमा बुधवार एक मानिस डेढ लाख अमेरिकी डलरसहित पक्राउ परेका छन् ।

कानुन विपरीत नगद बोक्दा पक्राउ पर्ने ती मानिस वासिङ्टन निवासी हुन् । उनको उमेर ३८ वर्ष रहेको जनाइएको छ । उनी त्यति धेरै नगदसहित संयुक्त अरबइ इमिरेट्स (युएई) जान लागेका थिए ।

एफबिआइले नगदको स्रोत र युएई लान लागिएको कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको छ । उनलाई घोषणा नगरी नगद बोेकेका अभियोगमा मुद्दा लगाइएको छ ।

एफबिआईको कार्यवाहक प्रमुख ब्रिगेडियर निल ओलीभरले उक्त मुद्धामा छानबिन भइरहेको बताए । अर्का मन्त्री चर्चित दुबई भ्रमणमा जाँदा त्यसको खर्च केही हदसम्म धान्न उक्त पैसा प्रयोग हुन सक्ने आशङ्का पनि गरिएको छ ।  

प्रतिक्रिया