अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

नेजाको साधारणसभा तथा छैटौँ अधिवेशन वाशिंगटनको सियाटलमा

बिआरटीनेपाल २०७४ चैत २१ गते २२:५६ मा प्रकाशित

अमेरिका, अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा) को १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशन अमेरिकाको उत्तर पश्चिम भागमा रहेको वाशिंगटनको सियाटलमा हुने भएको छ । 

नेजा कार्यसमितिको हिजो बसेको बैठकले अधिवेशनका लागि सल्लाहाकार योगेश उपाध्यको तर्फबाट मेरिल्याण्ड, क्षेत्रीय संयोजक किशन रेग्मीबाट टेक्सस, क्षेत्रीय संयोजक ध्रुव कुँवरबाट क्यालिफोर्निया र क्षेत्रीय संयोजक यम घिमिरेबाट वासिङटनको सियाटलमा आयोजना गर्न दाबी भएकोमा वार्षिक साधारण सभा तथा अधिवेशन हरेक पटक नयाँ नयाँ स्थानमा गर्दै नेजालाई समुदायमा लैजान पहल गर्ने योजना मुताबिक सन् २०१४ मा टेक्ससको हयुजटन, २०१५ मा कोलोराडो, २०१६ मा लस एन्जल्स र २०१७ मा मेरिल्याण्ड-भर्जिनियाको डी.सी. मेट्रो एरियामा साधारणसभा गरिएकोमा यस पटक वासिङटनको सियाटलमा जुलाई महिनामा गर्ने निर्णय गरेको जनाएको छ ।

संस्थाले साधारणसभाको मिति अन्य सङ्घ-संस्थाको कार्यक्रमसँग नजुध्न्ने गरी गर्नु पर्ने हुँदा सो कुरालाई मध्येनजर गर्दै साधारणसभा तथा अधिवेशन सम्बन्धी विस्तृत विवरण दिने जनाएको छ ।

प्रतिक्रिया