अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

प्रचण्डलगायतले हेरे कान्छी

बिआरटीनेपाल २०७४ चैत २१ गते ११:१६ मा प्रकाशित

फागुन ४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘कान्छी’ एमाओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले हेरेका छन् ।

कुमारी हलमा आयोजना गरिएको भिआइपी सोमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, नयाँ शक्तिकी नेतृ हिसिला यमी, सञ्चारमन्त्री गोकुल बास्कोटालगायतले फिल्म हेरेका हुन् ।

चलचित्र हेर्न पुगेका एमाओवादी अध्यक्ष प्रचण्ड ‘नायिका श्वेता खड्का र मेरो परिवार एउटै पीडाबाट गुज्रिरहेको छ’ भन्दै भावुक भए । उनले श्वेता आफ्नो निवासमै पुगेर निम्ता गरेपछि नाइँ भन्न नसकेको पनि बताए । त्यही पीडाको समानताका कारण आफूले निम्ता स्विकारेको उनले प्रतिक्रिया दिए । आइतबार देशका विशिष्ट व्यक्तिले निम्ता स्विकारेर फिल्म हेरिदिएपछि आफूलाई ऊर्जा मिलेको नायिका तथा निर्मात्री श्वेताले बताइन् ।यो समाचारलाई नयाँ पत्रिकाले समाचार बनाएको छ।  फोटो साभार: फेसबुक 

प्रतिक्रिया