अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

नेपाल निर्माण व्यवसायी महासंघद्वारा सरकारसँग सुरक्षाको माग

बिआरटीनेपाल २०७४ चैत २१ गते १०:०५ मा प्रकाशित

काठमाडौँ,  नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसायी र व्यावसायिक उपकरणलाई सुरक्षा दिन माग गरेको छ । महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठको नेतृत्वमा आज मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई भेटेर धरान–सिन्धुली–चतारा सडकखण्डमा राखिएका सवारी साधन अज्ञात समूहबाट बम प्रहार गरी ठुलो क्षति पु¥याइएकाले महासङ्घले सुरक्षा दिन माग गरेको हो । भेटमा महासङ्घका अध्यक्ष श्रेष्ठले निर्माण क्षेत्रलाई अस्तव्यस्त पार्ने गरी भइरहेका घटनाप्रति मन्त्रीलाई जानकारी गराउँदै निर्माण व्यवसायी र व्यावसायिक उपकरणलाई पूर्ण सुरक्षा दिन माग गर्नुभयो । 

सडक निर्माण आयोजनामा प्रयोग भइरहेका टिपर, रोड रोलर, लोडर, बोलेरो जिपलगायत सवारी साधनमा बम प्रहारका कारण भएको आगजनीबाट करोडौँ मूल्य बराबरको क्षति भएको महासङ्घले जनाएको छ । बम प्रहारबाट भएको क्षतिको क्षतिपूर्ति मिलाई दोषीलाई तत्काल पक्राउ गरी कारबाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी महासङ्घले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू