अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१२ | Colorodo: 20:27

कालिका कन्स्ट्रक्सनमा भएको घटनाप्रति नेपाल उद्योग परिसंघबाट दुःख व्यक्त

बिआरटीनेपाल २०७४ चैत २१ गते ५:४३ मा प्रकाशित

नेपाल उद्योग परिसंघले कालिका कन्स्ट्रक्सनमा भएको घटनाप्रति परिसंघबाट दुःख व्यक्त गरेको छ । परिसंघले आज प्रेश विज्ञप्ती जारी गर्दै हिजो चैत्र २० गते परिसंघको सदस्य संस्था कालिका कन्स्ट्रक्सनको निर्माण कार्य स्थल सिन्धुलीमा भएको बम विष्फोटको घटना र सोबाट पुग्न गएको क्षतिबाट शान्ति सुरक्षामा पुनः प्रश्न उठेको र असुरक्षाका घटना हुन गएकोप्रति परिसंघको ध्यानाकर्षण भएको बताएको हो ।

जारी विज्ञप्तीमा भनिएको छ नेपाल सरकारले मुलुकको शान्ति सुरक्षाको लागि अवलम्बन गरेको नीति अनुसार केही समयदेखि उद्योग व्यवसायले पनि आफ्नो सुरक्षाको अनुभूति गरेको थियो । तर उक्त वस्तुस्थितिको वावजुद स्थिर सरकारको गठनसँगै आर्थिक समृद्धिलाई सबैले अंगिकार गरी लगानी प्रवद्र्धन गर्ने र विदेशी लगानी भित्र्याउने सरकारको प्रमुख नीति भएको र यस कार्यमा निजी क्षेत्रको प्रतिनिधि संस्थाको हैसियतले परिसंघबाट निरन्तर सहयोगको प्रयास भइरहेको पृष्ठभूमिमा उद्योग व्यवसायमा भएका यस प्रकारका हमला एवं पुग्न गएको क्षतिको कारण उद्योग व्यवसायको सुरक्षा प्रश्न टडकारो रुपमा उठेको छ ।

यस्ता घटना क्रमले निर्माण कार्यमा प्रत्यक्ष असर पर्ने तथा स्वदेशी एवं विदेशी लगानीकर्ताहरुमा समेत प्रतिकूल सन्देश फैलने यस प्रकारका अवान्छित गतिविधिमा संलग्न व्यक्ति वा समूहको पहिचान सहित उनीहरुलाई उचित कारवाही गर्न र उद्योगमा पर्न गएको हानी नोक्सानीको क्षतिपूर्ति सहित कामदार÷कर्मचारी एवं उक्त उद्योग प्रतिष्ठानको सुरक्षाको पूर्ण प्रत्याभूति सरकारबाट गर्ने व्यवस्था मिलाइ पाउन सम्बन्धित निकायमा परिसंघ ध्यानाकर्षण गर्न चाहान्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू