अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४३ | Colorodo: 14:58

संयाेजन समितिकाे बैठक सकियाे : ९ बैशाखमा एकता गर्न सुझाव

बिआरटीनेपाल २०७४ चैत २० गते १९:४७ मा प्रकाशित

काठमाडौँ | एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि गठन भएको दुई वटा कार्यदलले आगामी ९ बैशाखमा एकता गर्ने गरी सुझाव दिएको माअाेवादी नेता देवेन्द्र पाैडेलले जानकारी दिए ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत रहेको पार्टी एकता संयोजन समितिको बैठक आज बालुवाटारमा बसेको थियो । सो बैठकमा एमाले नेता माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन र गृहमन्त्री तथा माओवादी नेता रामबहादुर थापा बादलको अन्तरिम विधान मस्यौदा बुझाएको थियो ।

संयोजन समितिको बिहीबार बस्ने बैठकले सबै विषय टुंग्याउने माओवादी नेता पौडेलले जानकारी दिए ।

नेपाल र बादलकाे नेतृत्वकाे कार्यदलले एकीकृत पार्टीको अध्यक्ष ओली र प्रचण्डले आलोपालो गर्ने विषयमा सहमति कायम भए पनि केन्द्रीय समिति कत्रो आकारको बनाउने र कुन अनुपातामा एकता गर्ने भन्ने विषय टुंगित बाँकी रहेको प्रतिवेद बुझाएको छ । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू