अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

एउटै भेटमा पनि यस्तो

राकेश कार्की, लस एन्जेलस २०७४ चैत २० गते ९:१३ मा प्रकाशित

गीत

एउटै भेटमा पनि यस्तो
आफ्नो जस्तो लाग्न थाल्यो
पहिलो मंजिलको पालुवाले
सम्बन्धको जरा हाल्यो

समुन्द्र भित्र आफ्नै
गाउँको खोलो भेटे जस्तो
वल्लो घर पल्लो घर
खुसीयाली साटे जस्तो
ब्युँझेर पनि सपनीलाई
देखिरहुँ जस्तो लाग्यो
एउटै भेटमा पनि यस्तो
आफ्नो जस्तो लाग्न थाल्यो

मनको चैन ओठमा
जिन्दगीको मीठो हाँसो
भलाकुसारी नै विशेष
त्यही आँगनको चासो
एक एक क्षण जूनकीरीले
सम्झनाको बत्ती बाल्यो
एउटै भेटमा पनि यस्तो
आफ्नो जस्तो लाग्न थाल्यो