अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३८ | Colorodo: 09:53

तिमीलाई स्वागत छ नयाँ साल

राकेश कार्की, लस एन्जेलस २०७४ वैशाख २ गते १३:४१ मा प्रकाशित

कविता

शुभ रङ्गिन झुल्को
प्रथम मुस्कान छर्छ हिमाल
सुनौलो घर आँगन
मङ्गलमय नयाँ साल

पूर्ण हुन आशाहरु
हर सफलताको समय
उचो होस उद्देश्यहरू
नयाँ साल मङ्गलमय

मनमा सुदृढ विश्वास
बन्धुत्वमा होस सदभावना
मनुजको सुखमय जीवन
नयाँ सालको कामना

हृदयमा नव ज्योति-पुञ्ज
शगुन मीठो सुमधुर ताल
प्रफुल्लित, उत्साहित र उल्लास
तिमीलाई स्वागत छ नयाँ साल