अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

गायक अबिनास घिसिङ र डिजे शिशिरको नयाँ बर्ष ‘काठमाडौ फन भ्याली’मा

बिआरटीनेपाल २०७४ चैत २० गते ८:३१ मा प्रकाशित

चर्चित गायक अबिनास घिसिङ र नेपालका नम्बर वान डिजे शिशिरले दर्शक तथा श्रोता नचाउने भएका छन् । नेपाली नयाँ बर्षको अवसर पारेर आगामी बैशाख १ गते आयोजना हुन लागेको ‘वेट फेष्ट’ नामक ‘न्यु इयर’ कार्यक्रममा उनीहरुले गीत संगीत तथा डिजे प्रस्तुति मार्फत सबैलाई नचाउने भएका हुन् ।

‘काठमाडौ फन भ्याली’ भक्तपुरमा आयोजना हुने कार्यक्रम ‘वेट फेष्ट’मा गायक घिमिङका अलवा प्रयत्न श्रेष्ठले समेत प्रस्तुति दिनेछन् । प्रयत्न युवापुस्ताले रुचाइएका गायक हुन् ।

नेक्स्ट मोडल्स नेपाल र मेड्ली इभेन्ट आयोजक रहेको कार्यक्रममा अबिनास, डिजे शिशिरको अलवा डिजे अंसु र डिजे अर्बिनले समेत उत्कृष्ट प्रस्तुति मार्फत उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराउने दिलाउने छन् ।

बालक देखि बृद्धसम्म सबै उमेरका मानिसलाई मनोरञ्जन दिने उदेश्यले ‘वेट फेष्ट’ आयोजना गर्न लागिएको आयोजक मध्यका एक नेक्स्ट मोडल्स नेपाल अध्यक्ष रवि धमलाले जानकारी दिए ।

फेष्टमा सहभागीले फन भ्यालीमा उपलब्ध बिभिन्न सुबिधा सहित रेन डिस्को, वेभ पुल, ब्रेक डान्स लगायत मनोरञ्जन लिन सक्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया