अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

गैर कानुनी ढङ्गबाट धितोपत्र सार्वजनिक निष्कासन नगर्न तथा सोमा लगानी नगर्ने बारे अत्यन्त जरुरी सूचना

बिआरटीनेपाल २०७४ चैत १९ गते ९:२५ मा प्रकाशित

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ ले सङ्गठित संस्थाले आफूले निष्कासन गर्ने धितोपत्र निष्कासन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने स्पष्ट व्यवस्था गरेकोमा कतिपय जलविद्युत कम्पनीहरूले बोर्डमा दर्ता नगरी सेयरमा लगानी गर्न सार्वजनिक रूपमा सूचना प्रकाशित गरेको पाइएकोले यस सम्बन्धमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । यसरी धितोपत्र सम्बन्धी प्रचलित कानुन बमोजिमको प्रक्रिया पुरा नगरी सर्वसाधारण समक्ष धितोपत्र विक्री गर्ने कार्य गैरकानुनी भएकोले बोर्डमा दर्ता गरी विवरणपत्र प्रकाशन गरेर मात्र धितोपत्रको सार्वजनिक निष्कासन गर्न सम्बन्धित सम्पूर्ण सगठित संस्थाहरूलाई सूचित गरिन्छ ।

साथै यसरी गैरकानुनी ढङ्गबाट सार्वजनिक निष्कासन गरिएका धितोपत्रहरुमा लगानी गर्दा लगानीकर्ताहरूको लगानी जोखिममा पर्न सक्ने हुनाले यस्ता धितोपत्रहरुमा लगानी नगर्न नगराउनको लागि लगानीकर्तालाई सर्तका गराइन्छ । बोर्डले विगतमा यस्ता गैर कानुनी ढङ्गबाट सार्वजनिक रूपमा धितोपत्र निष्कासन गर्न लागेका सङ्गठित संस्थाहरूलाई धितोपत्र निष्कासन गर्न रोक लगाएको र लगानीकर्ताहरूलाई समेत सर्तका गराइएको व्यहोरा समेत जानकारी गराइन्छ ।

नेपाल धितोपत्र बोर्ड
जावलाखेल, ललितपुर ।
फोन नं. ०१५५४१०५७

प्रतिक्रिया