अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

प्रधानमन्त्रीद्वारा गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास

बिआरटीनेपाल २०७४ चैत १८ गते २०:४३ मा प्रकाशित

वीरगञ्ज,  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको नेपालको सम्बन्ध नयाँ ढङ्गबाट अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आज शिलान्यास गर्दै प्रम ओलीले छिमेकी मुलुक भारत नेपालको विकासमा सहयोगी भूमिका निर्वाह गर्न तयार रहेकाले दुई मुलुकको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

औराहामा निर्माण हुन लागेको सो प्रशोधन केन्द्र ८४३ बिगाह क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यक्रमअन्तर्गत करिब रु १० अर्ब को लगानीमा सो केन्द्र निर्माण हुन लागेको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू