अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

मधेसी एसोसिएसन इन अमेरिकाको प्रथम महाधिवेशन न्यु योर्कमा

बिआरटीनेपाल २०७४ चैत १५ गते २३:१६ मा प्रकाशित

अमेरिकामा रहेका मधेसीहरूको छाता सङ्गठन, मधेसी एसोसिएसन इन अमेरिका, (माँ) को प्रथम महाधिवेशन आगामी मे २५ र २६ तारिख न्यूयोर्कमा हुने भएको छ । “मधेसी समुदायको सशक्तिकरण र संस्कृति प्रवर्धन” मूल नाराका साथ ढाका क्लब, गुलशन टेरेशमा हुने सो अधिवेशनका लागी ग्रेटर न्यु योर्क च्याप्टरका अध्यक्ष मनोज सिंहको संयोजकत्वमा महाधिवेशन संयोजन समिति गठन गरिएको छ । माँले अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरू पनि गठन गरेको छ । 

माँ नेपालको मधेशमुल भई अमेरिकामा बस्दै आएका नेपालीहरूको सङ्गठन हो । अमेरिकामा रहेका मधेसीहरूको बिचमा एकता र भाइचारा अभिवृदि गर्दै मधेसी र समग्र नेपालीको मौलिक पहिचान प्रर्वधन गर्ने उदेश्यका साथ गतवर्ष गठित यस संस्थाको हालसम्म क्यालिफोर्निया, न्यु योर्क, अष्टिन पिट्सवर्ग, डालस, वासिगंटन डिसी, शिकागो र ओहायो गरी आठवटा च्याप्टरहरू छन् । “यो अधिवेशन अमेरिकामा रहेका विभिन्न पेसा र व्यवसायमा संलग्न मधेसीहरूका बिच सद्भाव, अवसर र अनुभव साट्ने थलो हुनुका साथै मधेस र सिङ्गो नेपालको मौलिक कला र संस्कृति प्रवर्धनको एैतिहासिक मौका समेत हुनेछ,” अध्यक्ष सुनिल शाहद्धारा जारी विज्ञप्तिमा भनिएको छ । अधिवेशनमा विभिन्न आर्थिक, सामाजिक संस्कृतकी विषयका विज्ञहरूको प्रस्तुति रहने छ । अमेरिकाभरका प्रतिनिधिहरू सहभागीहुने सो अधिवेशनले माँ को आगामी कार्यकालका लागी नयाँ कार्यसमिति चयन गर्नेछ । उपाध्यक्ष अमित शाहका अनुसार योे महाधिवेशन संगठनिक र कार्यनीतिक हिसाबले एैतिहासिक महत्त्वको हुनेछ ।

माँ ले स्थापनाकाल देखि नै अमेरिकामा रहेका विभिन्न गैरनाफामुलक संस्थाहरूसँग समन्वय गरी सामाजिक तथा संस्कृतकी गतिविधि सञ्चालन गरिरहेको छ । यो गैरनाफामुलक संस्थाले नेपालमा गत भीषण बाढी पहिरोका पडितको सहयोगार्थ सञ्चालन गरेको राहत कार्यक्रमको सर्वत्र प्रशंसा भएको थियो । त्यति बेला माँ ले ठुलो परिमाणमा राहत सामग्री वितरण गर्नुका साथै उद्धारका लागी स्वयंसेवक समेत परिचालन गरेको थियोे । “मातृभूमिको लागी यथासक्य सहयोग गर्ने हाम्रो प्रमुख उद्देश्य हो” अध्यक्ष शाहले भने । अधिवेशनमा सहभागिताको लागी अमेरिकामा रहेका सबै सङ्घ संस्थाका प्रतिनिधि, बौद्धिक समुदाय र आम सर्वसाधरणलाइ समेत अपिल गर्दै अध्यक्ष शाहले भन्नु भयो, “नेपालीको हितका खातिर सबै संघसंस्थासंग हातेमालो गर्न तयार छौँ ।

प्रतिक्रिया