अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 13:25

‘तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला’ काठमाडौंमा

बिआरटीनेपाल २०७४ चैत १३ गते ६:१९ मा प्रकाशित

वान अप प्रा. लि. ले बिगत झैँ यस वर्ष पनि मेगा अष्ट्रेलिया शैक्षिक मेला “तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४” को घोषणा गरेको छ ।नेपाली विद्यार्थीलार्इ अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले यस शैक्षिक मेलाको आयोजना गरिएको हो ।

काठमाडौंको दरवारमार्गमा अवस्थित होटेल अन्नपूर्णमा मार्च ३० र ३१ (चैत्र १६ र १७) मा यो मेला आयोजना हुँदैछ । उत्कृष्ट कलेज/ युनिभरसिटि तथा कन्सल्टेन्सिहरु गरि ३० वटा भन्दा बढी संस्थाहरु सहभागी हुने यस मेला, नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त छ ।यस मेलामा विभिन्न कलेज तथा युनिभरसिटिका प्रतिनिधिहरुबाट छात्रबृती सम्बन्धि जानकारी, IELTS मा  उच्च अंक प्राप्त  गर्ने तरिका  तथा करियर काउसिल्लिङ लाई प्रमुखताका साथ जानकारी गराइनेछ ।

ब्रिटिस काउन्सील प्रस्तुतकर्ता रहेको यस फेयरमा विद्यार्थीले अस्ट्रेलियाका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउन सक्ने छन् । । फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिएने छ। फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउने छन् ।

यस एजुकेशन फेयरको इन एशोसिएशन विथमा एजुकेशन पार्क रहेको छ । फेयरको मुख्य प्रायोजकहरुमा हार्वर कलेज अस्ट्रेलिया, अस स्टडीज, एआइपी एजुकेशन कन्सल्टेन्सी, इ–प्लानेट एजुकेशन, काठमाडौं इन्फोसिस, ओली एण्ड एसोसिएट्स, प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी र क्विन्सफोर्ड कलेज अस्ट्रेलिया रहेका छन् ।

यस फेयरको प्रायोजकहरुमा भने डाइनामिक युनिभर्स, हब इन्टरनेशल, एक्सेस एजुकेशन नेटवर्क, एइ ग्लोवल, अल्फाविटा, बुमर्याङ इन्टरनेशनल, चिसम इन्ष्टिच्युट, एक्सपर्ट एजुकेशन, ग्रेस इन्टरनेशनल, मेट्स एजुकेशन, नोवेल एजुकेशन, पाथ फाइन्डर इन्टरनेशल एजुकेशन, पिक्सर एजुकेशन, द–नेक्स्ट, युनिक्याम्पस र वाइड रेन्ज इन्टरनेशनल रहेका छन् । फेयरको आइटी पार्टनरमा कम्युनिकेट मिडिया रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू