अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१ | Colorodo: 05:46

एलिजाको जन्मदिन: के भन्छन् पति ऋषी धमला एलिजाका छोटा पहिरनबारे ?

बिआरटीनेपाल २०७४ चैत १३ गते २:३४ मा प्रकाशित

नव–नायिका एलिजा गौतम अभिनित चलचित्र ‘अनुराग’ आउँदो जेठ ११ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदै छ । पत्रकार ऋषि धमला पत्नी एलिजासँगै नव–नायक समुद्र पण्डितले डेब्यु गर्दैछन् । चलचित्रको प्रस्तुतकर्ता पत्रकार धमला नै हुन् ।

यसै चलचित्र टीमसँग एलिजाले आइतबार आफ्नो जन्मदिन मनाएकी छिन् । ‘अनुराग’का नायक समुद्र, निर्देशक सत्यराज चौलागाईं, कलाकार निर्मल शर्मा लगायतको टीमसँगै बसेर आफ्नो जन्मदिन मनाइन् । जन्मदिनमा पत्रकार धमला पनि उपस्थित थिए ।

‘चलचित्रको रिलिज डेट नजिकिदै छ, चलचित्र टीमसँगै जन्मदिन सेलिब्रेट गर्ने मनथियो ।’, एलिजाले भनिन् । साथै चलचित्रका प्रस्तुतकर्ता धमलाले चलचित्र निकै राम्रो बनेको बताए । साथै आफ्नी पत्नीले अभिनय गरेको भएकाले चलचित्र प्रशंशा नगरेको भन्दै साच्चै नै चलचित्र लभस्टोरी म्युजीकल ड्रामामा बनेको बताए । ‘यो भन्दा अघि धेरै चलचित्र हेरेको छु, उत्कृष्ट छन्, अनुराग पनि निकै राम्रो बनेको छ । हामीलाई पुर्ण विश्वास छ जेठ ११ गते दर्शकहरु हलसम्म चलचित्र हेर्न आउनेछन् ।’, धमलाले भने ।

यस्तै घरमै सञ्चारकर्मिहुँदा चलचित्र प्रमोशनमा कत्तिको साथ मिलेको छ भन्ने उपस्थित सञ्चारकर्मिहरुको प्रश्नमा एलिजाले राम्रो साथ पाएको बताइन् । यस्तै धमलाले आफ्नो चर्चित टेलिभिजन कार्यक्रम ‘धमलाको हमला’मा एलिजा सहितको अनुराग टीमलाई लैजाने बताए । ‘मैले चलचित्रक्षेत्रका थुप्रै सेलिब्रेटीहरुलाई मेरो कार्यक्रममा लिएको छु । अनुराग टीमलाई पनि एकदिन लैजाने छु ।’, धमलाले भने । यस्तै अन्य नायिकाहरुलाई जस्तो ड्रेसको बिषयमा सोधिने प्रश्न पत्नीलाई सोध्नुहुन्छ भन्ने सञ्चारकर्मिहरुको प्रश्नमा धमलालाई पत्रकारितामा कुनैपनि मतभेद नहुने भन्दै सम्पुर्ण प्रश्न सोध्ने बताए ।

जन्मदिन सेलिब्रेशन कार्यक्रममा चलचित्र टीमले सम्पुर्ण दर्शकलाई चलचित्र हेर्न हलसम्म आउनका लागी आग्रह गरेको थियो । अहिले चलचित्रको डबिङको काम शुरु भएको बताइएको छ । पारिवारिक विषयमा प्रेमलाई जोडेर बनाइएको यो चलचित्रलाई रामकुमार केसीले खिचेका हुन् । चलचित्रमा दृश्य सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् भने  गीतमा अञ्जु पन्त र सुगम पोखरेल, प्रताप दासको स्वर छ  । संगीत ताराप्रकाश लिम्बू र सरोज पोखरेलले दिएका हुन्  । चलचित्रमा एलिजा र समुद्रबाहेक सरोज खनाल, रूपा राना, निर्मल शर्मा पनि मुख्य भूमिका छन् ।

प्रतिक्रिया