अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

गायक दिपक थापा मगरको  लोकदोहोरी गीत ‘आत्महत्या’ बजारमा (भिडियो)

बिआरटीनेपाल २०७४ चैत १२ गते ७:२६ मा प्रकाशित

मान्छेको जिवन पनि कतिपय अवस्थामा आफै देखी आफै हरेस खाँदो रहेछ । मृत्युलाई अगाँल्ने अवस्था सम्म मानिस पुग्दो रहेको छ । आफनो शुभचिन्तकको अभावमा मन भौतारिनु स्वभाविक कुरा पनि हो । मानिसले हरेक समस्यासगँ जुधन सिक्नु नै जिवनको सार्थकता हो । नेपाली लोकदोहोरी क्षेत्रमा अहिले विरहका भाकाहरुलाई आफना सिर्जनशिल भावनाहरु प्रवाह गर्ने क्रम निकै बढ्दो मात्रामा रहेको छ । प्रेमी र प्रेमका कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा दिपक थापा मगरको लोकदोहोरी गीत आत्महत्या बजारमा आएको छ ।

गायक दिपक थापा मगर र गायिका अम्विका बाँनियाको आवाज रहेको छ गीतमा जिवनको कारुणिक दुखको भाव समेटिएको छ । आफुलाई माया गर्ने मायालुले संसार त्यागेपछि आइपर्ने वियोगलाई सर्वोकृष्ट रुपमा समेटिएको छ ।

आत्महत्यामा रमेश श्रेष्ठको शब्द तथा मिन बहादुर नेपाली र दिपक थापा मगरको संगित रहेको छ । पछिल्लो समय चर्चामा रहेका भिडियो निर्देशनमा निकै सक्रिय महिला निर्देशक बविता श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन् । सागर गौत्तमको छायाँकन , अभिनास डिसीको सम्पादन रहेको भिडियोमा दिपक थापा मगर र सविता खड्काको सर्वोकृष्ट अभिनय देख्न सकिन्छ ।

 

प्रतिक्रिया