अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३९ | Colorodo: 20:54

गत निर्वाचनमा भएका हारका कारणहरू आन्तरिक गुटबन्दी: नेपाल तरुण दल अध्यक्ष बस्नेत

बिआरटीनेपाल २०७४ चैत ११ गते ११:५२ मा प्रकाशित

तरुण दल अमेरिका शाखाले नेपालको वर्तमान राजनैतिक अवस्थाबारे नेपाल तरुण दलका अध्यक्ष जित जङ बस्नेतसँग न्यु योर्कमा अन्तर्कृया कार्यक्रम गरेको छ । नेपाली काँग्रेस गत निर्वाचनमा भएका हारका कारणहरू आन्तरिक गुटबन्दी नै प्रमुख रहेको अध्यक्ष बस्नेतले बताएका छन् । उनले निर्वाचनको परिणामबाट कङ्रेसीहरु आत्तिनु हुँदैन भन्दै कार्यकर्ताहरू आफ्नै नेताले हारेको कुरा काट्ने भन्दा आफ्नो पार्टीले गरेका सकारात्मक कामहरूको प्रचार प्रसार जनतासँग पुर्‍याउन नै अहिलेको पार्टीको मुख्य आवश्यकता हो भनेका छन् । पार्टीका नेताहरूले बैठक भित्र भएका कुरा बाहिर गर्दा विपरीत वा विरोधको भाषा बोल्न पनि कार्यकर्तामा अन्योल छाउनु हो र मिडियामा यस्ता कुरा आउनाले पार्टी गुटबन्दी भित्री रूपमा भन्दा बाहिर बढी देखिएको छ, उनले थपे । 

कार्यकर्ताहरूलाई सामाजिक सञ्जाल देखी सार्वजनिक स्थान सम्म अनुशासित र सभ्य भई पार्टीले गरेका सकारात्मक कुराहरू मात्र लेख्न र बोल्न आग्रह गर्दै अध्यक्ष बस्नेतले अनुशासन नै पार्टीको मेरुदण्ड हो भनेका छन् । अनुशासित काग्रेसीहरुको ऊर्जाले नै राणा, पञ्चायत देखी राजा सम्मका एक दलीय तानासाहहरू विरुद्धको लडाइमा सफलता मिलेको । प्रजातन्त्र देखी गणतन्त्र सम्मका जन आन्दोलनहरूमा अग्रणी भूमिका खेलेको काँग्रेसलाई कनै पनि एक दलीय शासन व्यवस्थाको बिरुध्य लडाई लड्न कुनै समस्या नहुने बताए । अहिलेको सरकार तिर लक्षित गर्दै बस्नेतले कम्युनिस्ट शासनको ईक्ष्या तिर लम्कीएमा नेपाल तरुण दल त्यस विरुद्ध आन्दोलन गर्न एक पल पनि नरोकिने बताए । अहिलेको जनादेश ५ वर्षको लागी विकास एवं सुशासनका लागी हो । सरकार निर्धक्क विकासको बााटोमा लाग, हाम्रो पार्टी सहयोगी प्रतिपक्ष हुँनेछ । यदि कम्यनिष्ट शासन तिर लम्कीए त्यो जनादेश विपरीत हुँनेछ । जनता आन्दोलित हुँनेछन् ।

हाल सरकारले आफ्नो नियुक्ति लिने बाटो र राष्टपतिले पूर्व सरकारले गरेको राष्टिय सभाको मनोनयन सिफारिसलाई इंगीत गर्दै पार्टी सञ्चालन गर्दाको सम्बन्ध सरकार सञ्चालनमा फरक नभएको । यसले संम्बिधानको उपहास गरेकाले चेतावनी स्वरूप राष्टपतिलाई संम्बिधान पढ्नका लागी उपहार नेपाल तरुण दलले दिएको स्मरण गराए ।

कार्यक्रमका सभापति अनन्त राज सुवेदीले अमेरिकामा जनसम्पर्क समितिमा देखिएको गटबन्दीहरू समाप्त गरी सदृढ र अनुशासित सङ्गठन बनाउनका लागी नेपाल तरुण दल अमेरिका शाखाले नेतृत्व गर्ने बताउँदै तरुण दल जन सम्पर्क समितिको समानान्तर सङ्गठन नभै सहयात्री सङ्गठन भएको बताए । उक्त कार्यक्रममा एन आर एन य. एस. ए. का सल्लाहकार श्याम काजी गुरुङ जनसम्पर्क समितिका महासचिव मुनेन्द्र नेम्वाङ, कोषाध्यक्ष विजय थुलङ, महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला, पूर्व उप सभापति मिङमार शेर्पा, लङ आईलेन्ड च्याप्टर निवर्तमान सभापति विश्व बास्तोला, नेबीसंध अमेरिका संयोजक प्रभात राज सापकोटा, तरुण दल अमेरिका शाखाका केन्द्रीय सदस्य रामेश्वर बर्लाकोटीले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन तरुणदल अमेरिका उपाध्यक्ष छिरीङ तोक्पे शेर्पाले गरेका थिए । 

प्रतिक्रिया