अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 12:27

 बोस्टनमा २५ मार्चका दिन हिमालयन लायन्स क्लबको ‘आठौ चार्टर नाइट’

बोस्टन, अमेरिका २०७४ चैत ६ गते ६:४२ मा प्रकाशित

बोस्टनमा नेपालीहरूले स्थापना गरेको “हिमालयन लायन्स क्लब, न्युइंग्ल्याण्ड”को आठौ चार्टर नाइट आगामी २५ मार्च, आइतबार हुने भएको छ | क्लवमा अध्यक्ष राम थापाको अध्याक्षतामा हालै बसेको कार्यसमितिको बैठकले बैठकले उक्त निर्णय गरेको हो |

आफ्नो स्थापना दिवशको अवसरमा पारिवारिक सदस्य र अन्य क्लवका प्रतिनिधिहरूलाई आमन्त्रण गरेर मनाइने चार्टर नाइटमा नांचगान, संस्कृतिक कार्यक्रमसहितको रात्रिभोज गर्ने परम्परा रहेको छ |

यसपटकको कार्यक्रममा पनि विविध संस्कृत कार्यक्रम र नृत्य प्रस्तुत गर्ने तयारी रहेको अध्यक्ष राम थापाले बताए |

स्थापना कालदेखिनै क्लवसंग आवद्द रहदै आएका क्लवका द्वितीय उपाध्यक्ष गोवर्धन पूजा, चार्टर नाइटले क्लवको गतिविधि मात्रै नबढाएर बोस्टन वरिपरी रहेका नेपालीहरू बीच बार्षिक भेटघाटको अवसर पनि जुटाएको बताउछन् |

कार्यक्रममा नेपालीका अलावा अमेरिकीहरूलाई पनि आमन्त्रण गरिने भएकाले उनीहरूलाई नेपाली सस्कृति र नेपाली परिकार पस्कन पाइने खुशी व्यक्त गर्छन क्लवका सचिव थानीरत्न कंडेल |

सन् २०१० मा स्थापना भएको यस क्लबमा चालिस भन्दा बढी सदस्य रहेका छन् | कार्यक्रम हिमालयन बिष्ट्रो वेष्ट-रक्सवरीमा आइतबार बेलुकी ६ बजे देखि हुने भएको छ |

प्रतिक्रिया