अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४ | Colorodo: 20:59

नर्सिङ सुन्दरीको ‘ट्यलोन्ट शो’

बिआरटीनेपाल २०७४ चैत ५ गते ९:५० मा प्रकाशित

नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको सौन्दर्य प्रतियोगीता ‘मिस नेपाल पिस’का २४ प्रतियोगी सुन्दरीले आफ्नो ट्यालेन्ट देखाएका छन् । राजधानीको तीन कुनेस्थित ग्रिन क्याफेमा सोमबार आयोजित ‘ट्यलोन्ट शो’मा प्रतियोगीले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कला लगायत आ–आफ्नो ट्यालेन्ट देखाएका हुन् ।

अभिनेता गायक कोसिस क्षेत्री, मोडल हन्ट बिजेता बिक्रम आदित्य महासेठ, डान्स कोरियोग्राफर रीना गिरी, डां अनिमेस जोसी, नेक्स्ट मोडल्सका सिइयो रबि धमला, मिस वल्र्ड नेपाल २०१६ अस्मी श्रेष्ठ ट्यालेन्ट शोका निर्णायकमा रहेका थिए ।

प्रतियोगीतामा स्रिया रिजाल, दीपा देवकोटा, रिस्मा श्रेष्ठ, आस्मा प्याकुरेल, पुष्पा तामाङ, इशा पुन, रीना थापा मगर, प्रमीसा गौतम, बाला कार्की, रुकु प्याकुरेल, खारु राइ, साजन केसी, प्रमिला पण्डित, पुनम श्रेष्ठ, करिष्मा पाण्डे, आरती बुढाथोकी, सरिता राई, अनु कुमाल, आर्जु श्रेष्ठ, जिना श्रेष्ठ, ग्रीस्मा श्रेष्ठ, मेरीना कटुवाल, सुस्मिता बोगटी, समिक्षा सापकोटा लगायत प्रतियोगी रहेका छन् ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको प्रतियोगीता नसिङ पेसासँग सम्बन्धित एकमात्र सौदर्य प्रतियोगीता हो । नसिङ पेसा गरिरहेका, अध्यायन गरिरहेका युवतीहरुको ब्यक्तित्व बिकाश गरि सामाजिक काम प्रति उत्तरदाइत्व बहन गराउँने उदेश्यले प्रतियोगीता आयोजना गरिएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।

प्रतियोगीले अन्तिम स्पर्धाका लागि संन्चारकला, बिकाश मोटिभेसन, लिडरसिप, डेङ सेन्स, पब्लिकस्पिकिङ, करियर काउन्सिल लगायत बिषयमा प्रशिक्षण समेत भइरहेको छ ।
प्रतियोगीताको फाइनल आगामी १० गते हायात रिजेन्सी होटलमा आयोजना हँुदैछ । कार्यक्रममा प्रतियोगीले शिर्ष उपाधिका साथमा बिभिन्न अवसर र गिप्ट उपहारका रुपमा जित्न सक्नेछन् ।

प्रतिक्रिया