अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१० | Colorodo: 21:25

चैत्र १५ देखी डान्स रियालिटी सो बूगी वूगीको सुरुवात

बिआरटीनेपाल २०७४ चैत ३ गते ६:५२ मा प्रकाशित

इतिहास रच्न सफल नेपालको पहिलो अन्तर्राष्ट्रिय फ़्रेञ्चाईज सिंगिंग रियालिटी सो नेपाल आइडलको अपार सफलता पछि अर्को अन्तर्राष्ट्रिय फ़्रेञ्चाईज डान्स रियालिटी सो बूगी वूगी (BOOGIE WOOGIE) यही चैत्र १५ मा टेलिभिजन प्रिमियर हुने भएको छ ।

सन् १९९६ मा भारतका नावेद जाफरी र रवि भेलले सुरुगरेको यो डान्स रियालिटी सो बूगी वूगीको नेपाली संस्करणमा चर्चित अभिनेता एवं कुशल नृत्यकार दिलीप रायमाझी, चर्चित अभिनेत्री प्रियंका कार्की अनि आजका व्यस्ततम कोरियोग्राफर कविराज गहतराज निर्णायक रहेका छन् ।

अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको नेपालको पहिलो एच डी च्यानल एपी वानबाट यो सो प्रसारण हुने छ । चैत्र पन्ध्र (मार्च २९) गते बिहीबार बेलुकी ८ बजे प्रिमियर गरिने बूगी वूगीको यो पहिलो एपिसोडमा देशभर बाट छानिएर आएका हजारौँ सहभागीबाट उत्कृष्ट सय अनि सयबाट पनि उत्कृष्ट भएका १८ प्रतिस्प्रर्धीहरुले आनो नृत्य कला प्रस्तुत गर्नेछन ।

बूगी वूगीलाई यसअघि थुप्रै टेलिभिजन अनि मिडियाहरूमा कार्यक्रम निर्माताका रूपमा काम गरिसकेका एलिन श्रेष्ठले निर्देशन गरेका छन् । बूगी वूगीको नेपाली संस्करणका विजेताले कार, १५ लाख नगद तथा विभिन्न कंट्रयाक्ट पुरस्कार प्राप्त गर्नेछ । 

प्रतिक्रिया