अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०३ | Colorodo: 00:18

चलचित्र ‘डमरुको डण्डीबियो’को पहिलो गीत ‘तितेपाते’ सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत ३ गते ३:३३ मा प्रकाशित

चलचित्र ‘डमरुको डण्डीबियो’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।  ‘तितेपाते तितेपाते झ्याप झ्याप’ बोलको उक्त गीत शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरियो । जसमा कालीप्रसाद बाँस्कोटाको स्वर र सङ्गीत, एकतारे, हर्क साउद र कालीको शब्द छ । गीतमा चलचित्रका मुख्य कलाकारहरू खगेन्द्र लामिछाने, बुद्धि तामाङ, आशान्त शर्मा, मेनुका प्रधान, अनुप बराल, लक्ष्मी बर्देवा, इंगि होपू कोइंच सुनवार फिचरिङ छन् ।

चलचित्र छेतन गुरुङले निर्देशन गरेका हुन् । उनले यसअघि ‘नोभेम्बर रेन’, ‘क्यासिक’, ‘डायरी’का कथा लेखेका छन् । चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेको कथा रहेको छ । चलचित्रमा डण्डीबियो खेलको उत्थान गर्न एक युवाले बोकेको सपनालाई देखाइएको छ ।  समृद्धि इन्टरटेनमेन्टको ब्यानरबाट निर्माण भएको चलचित्रमा नोर्बु छिरिङ घले र विनोद गुरुङको लगानी रहेको छ । चलचित्रमा हरि हुमागाईको छायाङ्कन रहेको छ ।

प्रतिक्रिया