अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२ | Colorodo: 05:07

दुगड़ बद्रर एण्ड सन्स्को साथमा महिन्द्राको अत्याधुनिक सेवा सुविधायुक्त वर्कसप हेटौडामा

बिआरटीनेपाल २०७४ चैत १ गते ४:३९ मा प्रकाशित

दुगड़ ब्रदर्श एण्ड सन्स सँगको २५ बर्ष भन्दा बढीको बिश्वासीलो साथ र सहकार्यमा अगाडी बढेको महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले नमुना वर्कसप निर्माण गरेको छ ।

नेपालमा गुणस्तरीय सेवा सुबिधाका साथ निर्मित नमुना वर्कसपको बुधबार सञ्जय जादव ( हेड अफ इन्टरनेशनल अपरेसन साउथ एसीया महिन्द्रा एण्ड महिन्द्रा लि. ) , विवेक दुगड़ (प्रवन्ध निर्देशक दुगड़ ब्रदर्श एण्ड सन्स) र चैतन्य कागलकार ( कन्ट्री हेड नेपाल, भुटान महिन्द्रा एण्ड महिन्द्रा लि.) ले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

साना र ठुला गाडीहरुका लागी उपयुक्त यो वर्क सप ग्राहक रुलाइ थप गुणस्तरीय सेवा सुबिधा दिने कम्पनीको योजना अन्तर्गत नै सो वर्कसपको निर्माण गरीएको हो ।

६८०० बर्ग फिट क्षेत्रफलमा फैलीएको छ सो वर्क सपमा सात वटा सर्वीस वे सहीत ६०० बर्ग फीट क्षेत्रफल पार्कीङ्गका लागी, ३०५० बर्ग फीट गाडीहरु वासीङ्गका लागी, अत्याधुनीक उपकरणका साथ छीटो र गुणस्तरीय सेवा प्रदान गर्नका लागी निर्माण गरिएको हो ।

आधुनीक मर्मत कार्यलाइ प्राथमिकता दिदै निर्माण गरिएको वर्कसपमा ग्राहकहरुका लागी ठुलो लाउन्ज, ड्राइभर रीटाइरीङ्ग लाउन्ज र लकरको पनि ब्यबस्था छ ।

फल ब्याबसाय बिस्तारमा प्रभावशाली ढङ्गबाट अघाडी बडीरहेको दुगड़ ब्रदर्श एण्ड सन्सले महिन्द्राकसंगको सहकार्यमा २० वटा साखा कार्यालय, २८ सर्वीस सेन्टर र थप अझ अरु महिन्द्रका सेवा सुविधाका संरचना निर्माणका महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । जस अनुसार यसै बर्ष अरु योजनाका पनि थप गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू