अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

कोरियोग्राफर कविराज गहतराज बिवाह बन्धनमा

बिआरटीनेपाल २०७४ फागुन २९ गते २३:२९ मा प्रकाशित

कोरियोग्राफर कविराज गहतराज बिवाह बन्धनमा बाँधिएका छन् । गहतराजले रोजी घिमिरेसँगको प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

झन्डै २५ दिनअघि औंठी साटेका उनीहरुले मंगलबार हिन्दु परम्परा अनुसार उनले बिवाह गरेका हुन् । नेपाली चलचित्रक्षेत्रका चर्चित कोरियोग्राफर हुन् कविराज । बिवाह समारोहमा नेपाली चलचित्रक्षेत्रका चर्चित सेलिब्रेटीहरुको उपस्थिती देखिन्थ्यो ।

कविराजले कोरियोग्राफी गरेका अधिकांश गीतहरु चर्चित छन् । उनका पछिल्लो समय ‘कुटुमा कुटु’, ,‘‘पर्ख पर्ख मायालु’ बोलको गीत चर्चामा छन् । अहिले उनी एपीवान टेलिभिजनबाट मार्च २९ तारिख (चैत १५) देखि प्रसारण हुन लागेको डान्स रियालिटी सो ‘बुगी बुगी’ को तीन जुरीमध्येका एक हुन् । जसमा नायक दिलीप रायमाझी र नायिका प्रियंका कार्की छन् ।

प्रतिक्रिया