अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३१ | Colorodo: 13:46

‘बुम कुमारी सुपरस्टार नाइट’को लागी कलाकार कतार आईपुगे

कतार २०७४ फागुन २४ गते ६:२२ मा प्रकाशित

नेपाली कला, सँस्कृति र सांगीतिक क्षेत्रलाई अझ फैल्याउने उदेश्यका साथ् आउँदो मार्च ९ मा कतारमा हुने भव्य सांगीतिक कार्यक्रम ‘बुम कुमारी सुपरस्टार नाइट’को लागी नेपालबाट कलाकारको टीम कतार आईपुगेको छ ।

कार्यक्रमको लागि नेपाली चलचित्रकी चर्चित नायिका निरुता सिंह, नृत्य निर्देशक शंकर बिसी, लोक गायिका राधिका हमाल, हाँस्यकलाकार जितु नेपाल, गायक तथा संगीतकार राजनराज सिवाकोटी, गायक अनिल सिंह, गायक युवराज चौलागाईँ लगायतको टीम कतार पुगिसकेको बताईएको छ । बुम रेमिट प्रमुख तथा कार्यक्रम संयोजक धिरेन्द्र पन्तका अनुसार कतारको सनैयास्थित एम्पी थिएटरमा शुक्रबार साँझ ६ बजेबाट भव्य कार्यक्रम हुनेछ । उक्त कार्यक्रम कुमारी बैंक र बुम रेमिटले संयुक्त आयोजना गरेका हुन् ।

कलाकारहरु पनि कार्यक्रमलाई लिएर निकै उत्साहित देखिएका छन् । ‘एम्पी थिएटरमा पहिलो पटक प्रस्तुति दिदै छु’ कतार आईपुगेका गायक अनिल सिंह भन्छन् ‘कतारबासी नेपालीलाई नचाउने तयारी गरिसकेको छु ।’ अनिल मात्र होइन जितु पनि हँसाउन तयार छन् । ‘यो टोलिसँग कतार आउन पाउँदा रमाइलो अनुभूति भईरहेको छ’ जितु भन्छन ‘यसपटक एम्पी थिएटरको लागि खास कमेडी छ ।’ यसैगरी राधिका हमाल भने लोक दोहोरि गीत मार्फत नचाउने तयारीमा छिन गायक युवराज पनि आधुनिक तथा फिल्मको आफ्नो हिट नम्बरलाई त्यहाँ प्रस्तुत गर्ने तयारीमा छन् ।

यसैगरी पछिल्लो समय ‘सुर्के थैली खै’ हुदै ‘कुटुमा कुटु’सम्म आइपुग्दा लोकप्रिय भइसकेका गायक तथा संगीतकार राजनराज शिवाकोटी पनि एम्पी थिएटरमा पहिलो पटक प्रस्तुति दिने तयारीमा छन् । संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिका प्रमुख मनोज केसीले यसपटकको कार्यक्रम विशेष हुने र दर्शकले पूर्ण रुपमा मनोरञ्जन प्राप्त गर्ने दाबी गर्छन् । कार्यक्रमको गेट ४ बजे खोलिने बताईएको छ भने सुरु ६ बजेबाट हुने जनाइएको छ । टिकेट मुल्य कतारी रियाल ४०, १०० र १५० राखिएको छ ।

 

 

तस्वीर: बिबेक बस्याल

प्रतिक्रिया