अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

चलचित्र ‘शत्रु गते’को ट्रेलर ट्रेण्डिङ नम्बर एकमा

बिआरटीनेपाल २०७४ फागुन १८ गते २२:२५ मा प्रकाशित

पछिल्लो समय गीत र स्टारकास्ट मार्फत चर्चामा रहेको फिल्म ‘शत्रु गते’ को ट्रेलर ट्रेण्डिङ नम्बर एकमा परेको छ । मल्टीस्टार कास्ट यस ट्रेलरलाई नेपालसंगै कतारमा पनि रुचाएको छ । यो कतारमा पनि ट्रेण्डिङ नम्बर २१ मा परेको छ ।

यसफिल्म मार्फत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य फिल्म निर्माणमा फर्किएका छन् । प्रदीप भट्टराई निर्दे्शित फिल्ममा महसंगै दीपकराज गिरी , दीपाश्री निरौला , किरण केसी , शिवहरी पौडेल , बशुन्धरा भुसाल , रमेश रंजन झा, प्रियंका कार्की , पल शाह , आँचल शर्मा लगायतको अभिनय रहेको छ ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरीले संयुक्त रुपमा लेखेका हुन् भने संवाद निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

 

प्रतिक्रिया