अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

मल्टिस्टार ‘जय शम्भु’ निर्माण घोषणा

बिआरटीनेपाल २०७४ फागुन १३ गते ४:०९ मा प्रकाशित

जुना फिल्म्सको ब्यानरमा निर्माण हुन लागिएको फिल्म जय शम्भुको घोषणा गरिएको छ । आईतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मका निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरिएको हो ।

फिल्म घोषणासँगै फ्लोरमा गएको छ । फिल्ममा प्रशान्त ताम्राकार, अनुुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भुमका रहेको छ । फिल्म जय शम्भुबाट रोशन महर्जनले डेब्यु गर्दैछन् । दिनेश शाही, अरविन्द्र शाक्य, चक्र पाख्रिन, राजकुमार नगरकोटी लगायतको लगानी रहने फिल्मलाई रुपेश तामाङले निर्देशन गर्नेछन् । ४५ दिन सम्म छायाँकन हुने फिल्म काठमाडौं र अन्नपूर्ण बेष्ट क्याम्पमा खिचिने निर्माण पक्षले बताईएको छ ।

एक्शन लभस्टोरी जनरामा निर्माण हुन लागिएको फिल्ममा प्रशान्त, अनुप र बर्षा राम्रो पारश्रमिकमा अनुबन्ध भएका हुन् । अहिले सम्मको सबैभन्दा बढि पारश्रमिक उनीहरुले फिल्म जय शम्भुमा पाएको जानकारी गराईएको छ ।

हरि घले लामाले खिच्ने फिल्ममा श्री श्रेष्ठको एक्शन, रामजी लामिछानेको कोरियोग्राफि रहनेछ । फिल्मको कलाकारहरुले पारश्रमिक भन्दा बढि विषयवस्तु राम्रो भएको कारण नयाँ टिमसाग पनि फिल्म गर्न मञ्जुर भएको बताएका छन् । आगामी नयाँ बर्षको श्रावण १ गते रिलिज टार्गेट गरिएको फिल्म मा संगीत भने प्रदिप कँडेल र अर्जुन पोखरेलको रहने बताईएको छ ।

प्रतिक्रिया