अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 12:29

जितेन लेप्चाको ‘भन्नु पर्दा’मा दिपक  र अन्जुको अभिनय (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन ६ गते २:३१ मा प्रकाशित
गायक जितेन लेप्चाको आवाज रहेको ‘भन्नु पर्दा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । एसियन म्युजिकको अफिसियल यु-ट्युब च्यानलमार्फत केहि दिन अघि मात्रै उक्त म्युजिक भिडियो सार्बजनिक गरिएको हो । गीतका शब्दहरु कुमार दुलालले लेखेका हुन् ।
गीतमा संगीत भने गायक जितेन लेप्चा आफैले भरेका छन् भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ । दिपक बिश्वकर्मा र अन्जु चौलागाईंलाई फिचर गरिएको म्युजिक भिडियोलाई सिन्चुरी सुरेश घमालले निर्देशन गरेका हुन् ।
भिडियोलाई मिलन शंखरले खिचेका हुन् भने नेत्र गुरुङले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया