अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०६ | Colorodo: 12:21

साहित्यकार भीम रानाभाट ‘ज्यालादारी’को ‘पग्लिदैन सगरमाथा’ बिमोचित

बिआरटीनेपाल २०७४ फागुन ३ गते २३:३१ मा प्रकाशित

साहित्यकार भीम रानाभाट ‘ज्यालादारी’ नयाँ पुस्तकका साथ पाठकमाझ आएका छन् । उनको गीतसञ्चयन ‘पग्लिदैन सगरमाथा’ एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

संग्रहमा ६८ गीत छन् । सुनाखरी सन्देश साहित्यिक पत्रिकाले प्रकाशन गरेको संग्रहको मूल्य १ सय ५३ रुपैयाँ छ । यसअघि ज्यालादारीका रगतका छिर्काहरु, रंग, रगत र मान्छे, यहीको हो मेरो देश र आँसुको छाल गरी ४ कृति प्रकाशित छन् ।

आफूले जीवन भोगाइका क्रममा देखेका यथार्थ, नेपाली संस्कार, संस्कृतिभित्रका विकृति र उन्नत समाज निर्माणका लागि गीतमार्फत् खबरदारी गर्ने प्रयास गरेको ज्यालादारीले बताए । उनले भने, ‘समतामूलक समाज, उन्नत संस्कृत र सचेत नागरिक बनाउन संगीतमार्फत् एक नागरिकको खबरदारी हो किताब।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू