अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

अमेरिकाको फ्लोरिडामा पूर्व बिद्यार्थीले बिद्यालयमा गोली चलाउँदा कम्तीमा १७ जनाको मृत्यु

बिआरटीनेपाल २०७४ फागुन २ गते २३:२४ मा प्रकाशित

अमेरिकाको फ्लोरिडास्थित एउटा उच्च माध्यमिक विद्यालयमा पूर्व बिद्यार्थीले चलाएको गोली लागी कम्तीमा १७ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।

फ्लोरिडास्थित मायामीभन्दा ७० किलोमिटर उत्तरमा पर्ने पार्कलेण्डमा रहेको मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलका १९ वर्षीय पूर्वविद्यार्थी निकोलस क्रुजले बदलाभावले बिद्यालयमा गोली चलाउँदा ठुलो संख्यामा मानिसहरुको मृत्यु हुनुका साथै घाईते भएका हुन् ।

पक्राउ परेका ति बिद्यार्थीको अनुसन्धानका क्रममा उनि सो बिद्यालयबाट निस्कासित गरिएका ब्यक्ती हुन् । बिद्यालय परिसरमा प्रवेश गरेर उनले आगो लागेको सुचना दिने घण्टी बनएका थिए । बिद्यालयमा आगो लागेको सुचना आएपछि बिद्यार्थी शिक्षक तथा कर्मचारी आंतकित बनेका थिए र भागदौडको बातावरण सृजना भएको थियो । सोहि मौका छोपी ति पूर्व बिद्यार्थीले अन्धाधुन्दा गोली चलाएका थिए ।

गोली चल्न थालेपछि विद्यार्थीहरूले कक्षा कोठाभित्र लुक्न बाध्य भएका थिए भने प्रहरीहरू विद्यालय परिसरलाई सुरक्षित बनाउने कारबाही तत्कालै थालेका थिए। अमेरिकी संघीय जाँच निकाय एफबीआइले स्थानीय सुरक्षा निकायलाई अनुसन्धानमा मद्दत गरिरहेको जनाएको छ।

प्रतिक्रिया