अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

प्रियंका कार्की र काटुन्ज क्रुलाई तीन हप्तामा ५० लाख पटक हेरियो 

बिआरटीनेपाल २०७४ फागुन २ गते ७:२४ मा प्रकाशित
माछीले खाने खोलीको लेउ बोलको गीतलाई ५० लाख भन्दा धेरै पटक हेरिएको छ ।  रिलिज भएको दुई सातामै गीतलाई ५० लाख बढीले हेरेका छन् । गीतले छोटो समयमा धेरै पटक हेरिने गीतको नयाँ रेकर्ड बनाएको छ । रिलिजको दिन देखि नै यो गीत लगातार युट्युब ट्रेन्डिङमा रहेको छ ।
सरोज ओली र मेलिना राईको आवाज रहेको गीतमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीले अभिनय गरेका छन् । दिनेश थपलियाको शब्दमा सजिएको गीतलाई बसन्त सापकोटाले संगीत दिएका छन् । सुदिप बरालको छायांकनमा म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया