अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३ | Colorodo: 04:58

प्रणय दिवशमा गीतकार एवं पत्रकार शान्तिप्रियको ‘माया लाउने’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन २ गते ६:४९ मा प्रकाशित

प्रणय दिवश अर्थात भ्यालेन्टाइन्स डे को अवसर पारेर गीतकार एवं पत्रकार शान्तिप्रियल गीतको म्यूजीक भिडियो सार्बजनिक गरेका छन् ।

माया लाउने यहि ज्यान हो … बोलको यो गीतलाई गायक गणेश श्रेष्ठको जन्मदीन समेत परेकोले प्रणयदिवस कै दीन सार्बजनिक गरिएको हो । गायक गणेश श्रेष्ठ नव गायक हुन् ।

यस अधि उनले केहि कभर सङ्ग गाएपनि गायनका हिसावमा उनको पहिलो गीत माया लाउने नै भएको छ । गीतलाई अहिलेका चर्चीत संगीतकार दिपक शर्माले संगीत गरेका छन् भने नरेन्द्र योगीको एरेञ्जमेन्ट यस गीतमा रहेको छ ।

गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । गीतकार शान्तिप्रियले आफै भिडियोको निर्देशन गरेका छन् । गजित विष्ट र अनामीका चौलागाई फिचरीङ गरिएको यस गीतमा कोरीयोग्राफी समेत गजित विष्टले गरेका छन् । गीतको छायांकार एवं सम्पादक विरेन्द्र भाट ‘विपिन रेहका छन् । मायामै केन्द्रित यस गीतलाई प्रणय दिवस र गायक श्रेष्ठको जन्मदिनको संयोगलाई प्रयोग गरी बजारमा ल्याइएको हो । छायांछवि क्रियशनले गीतलाई बजारमा ल्याएको हो ।

 

प्रतिक्रिया