अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 18:26

निर्देशन अशोक शर्माको कमब्याक: चलचित्र ‘जय भोले’ निर्माणको घोषणा

बिआरटीनेपाल २०७४ माघ २५ गते ८:४० मा प्रकाशित

चलचित्र निर्देशक, निर्माता तथा कलाकार अशोक शर्मा निकै लामो समयपछि चलचित्र निर्देशनमा फर्केका छन् । शर्मा निर्देशित चलचित्र ‘जय भोले’ निर्माणको आज राजधानिमा एक कार्यक्रमको औपचारिक घोषणा भएसंगै शर्माको पनि चर्चा थपिएको छ ।

खगेन्द्र लामिछानेको कथा, पटकथा र संवाद रहेको चलचित्रमा सौगात मल्ल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायत साथै खगेन्द्र स्वयंपनि मुख्य भुमिकामा रहने छन् ।

दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमको कथावस्तु लाई उठान गरेको चलचित्र जय भोलेको फागुन १ गते शिवरात्रीको दिनबाट छायांकन सुरु गरिने निर्माण टिमले बताएको छ । १ करोड ६० लाख लगानिमा निर्माण हुन लागेको यो चलचित्र २०७५ सालको दशैको फुलपातीका दिन प्रदर्शनमा आउने बताईएको छ ।

पुरुषोत्तम प्रधानको छायांकन, बसन्त श्रेष्ठको नृत्य, रोशन विक्रम भट्टराईको द्वन्द्व र राजु ढंगानाको सम्पादन रहने जय भोलेमा राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत हुनेछ ।
किरण शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माता रहेको यो चलचित्रलाई एए ग्रुप अफ कम्पनिज र फिल्म वल्र्ड प्रा।लि।ले संयूक्त रुपमा निर्माण गर्न लागेको हो ।

प्रतिक्रिया